ईसाई धर्म
पछाडि

प्रकाश 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्।

2उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्।

3तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर ।

4त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्‍चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर ती स्त्रीको सामु उभियो।

5ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो।

6तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।

7तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे।

8तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे।

9त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।

10तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।

11तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।

12यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्‍नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि आफ्नो समय छोटो छ भन्‍ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!”

13जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो।

14ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकून्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो।

15तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैँ पानी निकाल्यो।

16तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो।

17तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath