प्रकाश 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मलाई एउटा नाप्ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।
2तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।
3अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”
4यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”
5यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ।
6यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
7अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।
8तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
9साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्।
10पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
11तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए।
12तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
13ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्वरलाई महिमा दिए।
14दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।
15जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
16अनि परमेश्वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्वरलाई आराधना गर्दै
17यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।
18राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”
19तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath