प्रकाश 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए।
2तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए।
3अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले।
4अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।”
5तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले।
6अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्नुभयो, “अब ढिलो हुनेछैन!
7तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।”
8तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।”
9यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”
10मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो।
11तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath