भजनसंग्रह 99
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्लियोस्!
2सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ।
3तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ।
4राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ।
5याहवेह हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ।
6उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
8हे याहवेह, हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
9याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath