ईसाई धर्म
पछाडि

भजनसंग्रह 98

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अद्‌भुत कार्य गर्नुभएको छ; उहाँका दाहिने हात र पवित्र पाखुराले उहाँको निम्ति विजयका कामहरू गरेका छन्।

2याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।

3उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम, र उहाँको विश्‍वासयोग्यता स्मरण गर्नुभएको छ; पृथ्वीका सम्पूर्ण सिमानाहरूले हाम्रा परमेश्‍वरका मुक्तिलाई देखेका छन्।

4हे सारा पृथ्वी, आनन्दसाथ उच्‍च सोरले याहवेहको जयजयकार गर; सङ्गीतद्वारा उहाँको जयको घोषणा गर;

5वीणा बजाएर याहवेहको भजन गाओ! वीणा र सुमधुर गीतकासाथ,

6तुरहीहरू र भेडाका सिङ फुकेर, राजा याहवेहको सामु आनन्दले जयजयकार गर!

7समुद्र र त्यसमा भएका सबै थोकले, संसार, र त्यहाँ बास गर्ने सबैले गुञ्जायमान गरून्।

8नदीहरूका तरङ्गहरूले ताली बजाऊन्; पर्वतहरूले एकसाथ आनन्दले गाऊन्;

9तिनीहरूले याहवेहको सामु गाऊन्; किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारलाई धार्मिकताकोसाथ र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath