ईसाई धर्म
पछाडि

भजनसंग्रह 97

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।

2उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।

3आगो उहाँको अगि-अगि जान्छ, र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।

4उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।

5याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।

6स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।

7मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!

8तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्।

9किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।

10याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।

11धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।

12हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath