भजनसंग्रह 95
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ; हाम्रा मुक्तिका चट्टानको निम्ति उच्च सोरले जयजयकार गरौँ!
2धन्यवाद चढाउँदै उहाँको सामु आऔँ, भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
3किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा।
4पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्।
5समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो, र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
6आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ; याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ;
7किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ। यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8“तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार; जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्सामा गरेका थियौ,
9जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे; तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मेरो जाँच गरेका थिए।
10चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ, र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
11यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath