भजनसंग्रह 93
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
2अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ।
3हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्।
4महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
5हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath