भजनसंग्रह 91
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ, त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
2म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।”
3निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ।
4उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
5तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,
6न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
7तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन।
8तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्टहरूको दण्ड देख्नेछौ।
9यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने,
10तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;
12तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।
13तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ; जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।
14याहवेह भन्नुहुन्छ, “उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु; उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।
15उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
16लामो आयु दिएर म उसलाई सन्तुष्ट पार्नेछु र म उसलाई मेरो मुक्ति देखाउनेछु।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath