भजनसंग्रह 90
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे प्रभु, पुस्तौँ-पुस्तादेखि तपाईं हाम्रा वासस्थान हुनुभएको छ।
2पहाडहरू उत्पन्न हुनुभन्दा अगि, अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि, अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्वर हुनुहुन्छ।
3तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ, “ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!”
4तपाईंको दृष्टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ।
5तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्:
6त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ।
7तपाईंको क्रोधले हामी नष्ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ।
8तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ, हाम्रा गुप्त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्।
9हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ।
10हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, अथवा बलले साथ दियो भने, असीसम्म; तापनि त्यसको उत्तम अवधि पनि कष्ट र शोकमा बित्छ; किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।
11तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।
12हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्, ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
13हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्!
14हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।
15जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्!
16तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्!
17प्रभु हाम्रा परमेश्वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath