भजनसंग्रह 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
2तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
3जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु,
4मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।
6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
7सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू,
8आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू।
9हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath