ईसाई धर्म
पछाडि

भजनसंग्रह 88

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, तपाईं नै त्यो परमेश्‍वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।

2मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!

3किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ।

4चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु।

5म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्।

6तपाईंले मलाई चिहानको तल्‍लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।

7तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला

8मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;

9शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु।

10के मृतकहरूलाई तपाईं आफ्ना अद्‌भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला

11के तपाईंको अचुक प्रेम चिहानमा, तपाईंको विश्‍वसताको मृत-लोकमा घोषणा गरिन्छ?

12के तपाईंको अद्‌भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?

13हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।

14हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?

15मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।

16तपाईंको क्रोध ममाथि खनिएको छ; तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्।

17तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।

18तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath