ईसाई धर्म
पछाडि

भजनसंग्रह 87

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।

2याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।

3हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला

4“मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”

5वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”

6याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला

7सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath