ईसाई धर्म
पछाडि

भजनसंग्रह 86

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्; किनकि म असहाय र अभावग्रस्त छु।

2मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ; तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;

3हे प्रभु, ममाथि दयालु हुनुहोस्; किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।

4आफ्नो सेवकलाई हर्षित पार्नुहोस्; किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।

5हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ; तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।

6हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्; दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!

7जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु; किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।

8हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्; तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।

9हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू तपाईंको सामु आएर दण्डवत् गर्नेछन्; तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।

10किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ; तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।

11हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ; मलाई एकाग्र मन दिनुहोस्, र म तपाईंको नामको भय मान्‍न सकूँ।

12हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।

13किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ; तपाईंले मेरो जीवनलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।

14हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्; निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्— ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।

15तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ; रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।

16मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु।

17तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्; र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्; किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath