भजनसंग्रह 85
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
2तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला
3तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो; र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।
4हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्!
5के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?
6के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?
7हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
8याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।
9निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।
10अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
11पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
12जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
13धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath