भजनसंग्रह 82
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1परमेश्वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ; “देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्टहरूको पक्ष लिइरहन्छौ? सेला
3दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
4दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
5“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्।
6“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
7तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
8हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath