ईसाई धर्म
पछाडि

भजनसंग्रह 80

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्; तपाईं, जसले योसेफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्!

2एफ्राइम, बेन्यामीन र मनश्शेको सामु। आफ्नो सामर्थ्य जगाउनुहोस्; आउनुहोस् र हामीलाई बचाउनुहोस्!

3हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।

4हे याहवेह, सेनाहरूका परमेश्‍वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध, तपाईंको क्रोध कहिलेसम्म सल्किरहन्छ?

5तपाईंले तिनीहरूलाई आँसुका रोटी खुवाउनुभएको छ; र पिउनलाई कचौराभरि आँसु दिनुभएको छ।

6तपाईंले हामीलाई छिमेकीहरूका लागि झगडाको पात्र बनाउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्।

7हे सेनाहरूका परमेश्‍वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।

8तपाईंले इजिप्टबाट एउटा दाखको बोट ल्याउनुभयो; र राष्ट्रहरूलाई लखेटेर त्यसलाई रोप्नुभयो।

9तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो, र त्यसको जरो गड्यो; र त्यो देशभरि फैलियो।

10त्यसका छायाले पहाडहरू ढाकिए, र त्यसका हाँगाबिँगाहरूले शक्तिशाली देवदारुका रूखहरू ढाके।

11त्यसका हाँगाहरू भूमध्य समुद्रसम्म गए, अनि त्यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्मै फैलिए।

12तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ? के त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्?

13जङ्गलका बँदेलहरूले त्यसलाई नष्‍ट पार्छन्। र जङ्गली जनावरहरू त्यसमा चर्छन्।

14हे सेनाहरूका परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्! स्वर्गबाट तल दृष्‍टि गर्नुहोस् र हाम्रो दुर्दशा हेर्नुहोस्! यस दाखको बोटको हेरचाह गर्नुहोस्।

15तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा, त्यो दाख, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ।

16तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढाइएको छ; तपाईंको हप्कीले तपाईंका प्रजा नष्‍ट हुन्छन्।

17तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्। त्यो मानिसको पुत्र, जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।

18तब हामी तपाईंबाट पिठिउँ फर्काउनेछैनौँ; हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्, र हामी तपाईंका नाम पुकार गर्नेछौँ।

19हे याहवेह, सेनाहरूका परमेश्‍वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बचाइन सकौँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath