भजनसंग्रह 77
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मैले सहायताको निम्ति परमेश्वरलाई पुकारेँ, मलाई सुन्नुभएको होस् भनेर मैले परमेश्वरलाई पुकारेँ।
2जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन।
3हे परमेश्वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला
4तपाईंले मेरा आँखा चिम्लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।
5मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू;
6रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्यो:
7“के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?
8के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?
9के परमेश्वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्टि रोक्नुभएको हो?” सेला
10तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्च परमेश्वरको दाहिने बाहुली परिवर्तन भएको छ।”
11म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।
12म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
13हे परमेश्वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्वरझैँ अरू देव को छ र?
14तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।
15तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला
16हे परमेश्वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो।
17बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।
18तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो।
19तपाईंको मार्गले समुद्र भएर डोर्यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।
20तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्याउनुभयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath