ईसाई धर्म
पछाडि

भजनसंग्रह 75

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।

2तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।

3जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला

4घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ,

5स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ; मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”

6किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट वा मरुभूमिबाट आउँदैन।

7परमेश्‍वरले न्याय गर्नुहुन्छ: उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,

8याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले मद्यको थिग्रासम्मै पिउँछन्।

9तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,

10जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath