भजनसंग्रह 73
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1साँच्चै नै परमेश्वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ।
2तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
3किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ।
4तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्टपुष्ट र बलिया छन्।
5अन्य मानिसहरूझैँ तिनीहरू कष्टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन।
6यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन।
7तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ ; तिनीहरूका दुष्ट कल्पनाको कुनै सीमा छैन।
8तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्।
9तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्।
10त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्।
11तिनीहरूले भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्च परमेश्वरमा कुनै कुराको ज्ञान छ र?”
12दुष्टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्।
13साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु।
14दिनभरि म कष्ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।
15यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्वासघात गर्नेथिएँ।
16जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो।
17जब म परमेश्वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ।
18निश्चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ।
19केही क्षणमै तिनीहरू नष्ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्!
20तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्नुहुन्छ।
21जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो,
22म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ।
23तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ।
24तपाईंको सल्लाहले मलाई डोर्याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
25स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
26मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।
27तपाईंबाट टाढा रहने मानिसहरू नष्ट हुनेछन्; तपाईंलाई विश्वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ।
28तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath