ईसाई धर्म
पछाडि

भजनसंग्रह 70

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे परमेश्‍वर, मलाई बचाउनुहोस्; हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!

2मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।

3मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्दै ठट्टा उडाउनेहरू, लाजको कारण पछि फर्कून्।

4तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “परमेश्‍वर महान् हुनुहुन्छ!”

5तर म त गरिबी र अभावमा छु; हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस्; तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ; हे याहवेह, ढिलो नगर्नुहोस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath