ईसाई धर्म
पछाडि

भजनसंग्रह 68

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्।

2हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्‍वरको अगि दुष्‍टहरू नष्‍ट होऊन्।

3तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्‍वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्।

4परमेश्‍वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।

5उहाँको पवित्र वासस्थानमा परमेश्‍वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।

6एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।

7हे परमेश्‍वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला

8तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्‍वरको सामु, जो सीनै पर्वतका परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वरको सामु, जो इस्राएलका परमेश्‍वर हुनुहुन्छ।

9हे परमेश्‍वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो।

10तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्‍वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।

11प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ:

12“राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्,

13जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।”

14जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।

15बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू,

16हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्‍वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ?

17परमेश्‍वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ।

18जब तपाईं उच्‍चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्‍त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्‍वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।

19परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला

20हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।

21परमेश्‍वरले निश्‍चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ; ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्।

22प्रभु भन्‍नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु; म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु;

23तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक, र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।”

24हे परमेश्‍वर, तपाईंको विजययात्रा देख्न सकिन्छ, मेरा परमेश्‍वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ।

25गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्; र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्।

26ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर! इस्राएलको सभामा याहवेहको प्रशंसा गर!

27सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ, यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्; जबूलूनका र नप्‍तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्।

28हे परमेश्‍वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्; हे परमेश्‍वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्।

29यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर तपाईंको निम्ति राजाहरूले भेटीहरू ल्याउनेछन्।

30निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्; राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्! हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्। लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्।

31राजदूतहरू इजिप्टबाट आउनेछन्; कूशले आफूलाई परमेश्‍वरमा समर्पण गर्नेछ।

32हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर, प्रभुको प्रशंसा गाओ; सेला

33उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्‍च स्वर्गमा सवार गर्नुहुन्छ, जो शक्तिशाली आवाजका साथ गर्जनुहुन्छ।

34परमेश्‍वरको शक्तिको घोषणा गर, जसको महानता इस्राएलभरि छाएको छ, आकाशले उहाँको शक्ति देखाउँछ।

35तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ; इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ। परमेश्‍वरलाई प्रशंसा होस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath