ईसाई धर्म
पछाडि

भजनसंग्रह 66

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!

2उहाँको नामको महिमा गर; र उहाँको प्रशंसा महिमामय बनाओ।

3परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।

4सारा पृथ्वी तपाईंको सामु झुक्छ; तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्, तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला

5आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर; मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!

6उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो, तिनीहरूले पैदलै सुक्खा नदी तरे— आओ, हामी उहाँमा आनन्द मनाऔँ।

7परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ; उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ— तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला

8हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर, उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;

9उहाँले हामीलाई जीवित राख्नुभएको छ, र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।

10किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो; तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।

11तपाईंले हामीलाई कैदमा पार्नुभयो; र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।

12तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो; हामी आगो र पानीद्वारा भएर गयौँ; तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।

13म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।

14जब म सङ्कष्‍टमा थिएँ, मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।

15म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु; र भेडाहरूको भेटी चढाउनेछु; म बहरहरू र बोकाहरू चढाउनेछु। सेला

16हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।

17मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ; उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।

18यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;

19तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ; र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ।

20परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन, वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath