भजनसंग्रह 65
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे हाम्रा परमेश्वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ; तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।
2तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्वर हुनुहुन्छ। तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।
3जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।
4धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्नुहुन्छ, र तपाईंको मन्दिरको आँगनमा बस्नलाई आफू नजिक ल्याउनुहुन्छ! तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।
5तपाईंले हामीलाई महान् र धार्मिक कामहरूबाट जवाफ दिनुहुन्छ; हे हाम्रा उद्धारकर्ता परमेश्वर, पृथ्वीको छेउसम्मका समस्त मानिसहरू र टाढा-टाढा समुद्रपारि रहने मानिसहरूका आशा तपाईं नै हुनुहुन्छ,
6तपाईंले आफ्नो शक्तिद्वारा पर्वतहरू निर्माण गर्नुभयो। तपाईंले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ।
7जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन, र राष्ट्रहरूबीच भएको कोलाहल शान्त गर्नुभएको छ।
8तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्क पर्छन्; जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ, तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।
9तपाईंले भूमिको वास्ता गर्नुहुन्छ र पानीले भिजाउनुहुन्छ; तपाईंले भूमिलाई प्रशस्त गरी मलिलो बनाउनुहुन्छ। मानिसहरूलाई अन्नबाली जुटाउनलाई, परमेश्वरका नदीहरू पानीले भरिएका छन्; किनकि तपाईंले यसरी नै निर्धारण गर्नुभएको छ।
10तपाईंले त्यसका गराहरूलाई पानीले भिजाउनुहुन्छ र त्यसका डीलहरूलाई सम्म पार्नुहुन्छ; तपाईंले खेतलाई झरीले भिजाएर नरम पार्नुहुन्छ, र त्यसको उब्जनीलाई आशिष् दिनुहुन्छ।
11तपाईंको प्रशस्तताले वर्षलाई मुकुट पहिराउनुहुन्छ र तपाईंको प्रशस्त आशिष्को अन्नबालीले तपाईंका गाडाहरू भरिएर पोखिन्छन्।
12मरुभूमिका वस्तु चर्ने खर्कहरू हरियो भएका छन्; डाँडाहरू हर्षले सुसज्जित छन्।
13हरियो खर्कहरू भेडाबाख्राहरूले भरिभराउ भएका छन्; र बेँसीहरू बालीले ढाकिएका छन्; तिनीहरू सबै आनन्दले कराउँछन् र भजन गाउँछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath