ईसाई धर्म
पछाडि

भजनसंग्रह 64

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे मेरा परमेश्‍वर, मैले गुनासो गर्दा मेरो सोर सुन्‍नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!

2दुष्‍टहरूको गुप्‍त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!

3तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्, र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।

4तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्।

5तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र ?”

6तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्‍चै धूर्त छ।

7तर परमेश्‍वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्‍नुहुनेछ; तिनीहरू अचानक घाइते हुनेछन्।

8उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ, र तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ; तिनीहरूलाई देख्ने सबैले गिल्‍ला गर्दै टाउको हल्‍लाउनेछन्।

9सबै मानिसहरू परमेश्‍वरसँग डराउनेछन्; तिनीहरूले परमेश्‍वरको कामको घोषणा गर्नेछन्; र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।

10धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्, र उहाँमा शरण लिनेछन्; साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath