ईसाई धर्म
पछाडि

भजनसंग्रह 63

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।

2पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु।

3तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ; यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।

4मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।

5मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ; स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।

6मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।

7किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।

8मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।

9मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्; तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।

10तिनीहरू तरवारद्वारा मारिनेछन्; र स्यालहरूको आहारा हुनेछन्।

11तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्; परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath