भजनसंग्रह 62
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1परमेश्वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ; उहाँबाट नै मेरो मुक्ति आउँछ।
2साँच्चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।
3तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई— तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?
4साँच्चै मलाई मेरो उच्च स्थानबाट खसाल्नलाई तिनीहरूले योजना बनाएका छन्; तिनीहरू असत्यतामा रमाउँछन्, तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्, तर तिनीहरूको हृदयले सराप्छन्। सेला
5हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्; मेरो आशा उहाँबाटै आउँछ।
6साँच्चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।
7मेरो मुक्ति र मेरो सम्मान परमेश्वरमा आधारित छ ; उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
8हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर; आफ्ना हृदय उहाँको सामु पोख; किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9साँच्चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्; उच्च स्तरका मानिसहरू भ्रम मात्र हुन्। यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन; तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।
10लुटपाट गर्ने काममा भरोसा नगर, अथवा चोरीका सामानहरूमा घमण्ड नगर; तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि त्यसमा तिम्रो हृदय नलगाओ!
11एउटा कुरा परमेश्वरले भन्नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्वर, शक्ति तपाईंमा नै निहित छ;
12हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath