भजनसंग्रह 61
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्।
2जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
3किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ, तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
4तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्ने मेरो चाहना छ। सेला
5किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ; तपाईंको नामको भय मान्नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
6राजाको आयु बढाइदिनुहोस्; पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
7उनी परमेश्वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
8तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath