ईसाई धर्म
पछाडि

भजनसंग्रह 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्।

2हे मेरा राजा, मेरा परमेश्‍वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु।

3हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु।

4तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न; दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।

5घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।

6झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ।

7तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु।

8हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।

9तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।

11तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।

12निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath