भजनसंग्रह 57
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्वर, ममाथि कृपा गर्नुहोस्; किनकि म तपाईंमा शरण लिन्छु। जबसम्म यो विपत्ति हट्दैन, तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।
2म सर्वोच्च परमेश्वरलाई पुकार्छु, परमेश्वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ ।
3उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ; मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला परमेश्वरले आफ्नो अचुक प्रेम र विश्वसनीयता पठाउनुहुन्छ।
4म सिंहहरूको बीचमा छु; हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्न म बाध्य छु; जसका दाँतहरू धारिला तरवार र काँड हुन्, जसका जिब्रा धारिलो तरवारजस्तै छन्।
5हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
6तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्; म सङ्कष्टले झुकेको छु। तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्, तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला
7हे परमेश्वर, मेरो हृदय स्थिर छ, मेरो हृदय स्थिर छ; म गाउनेछु र धुन बजाउनेछु।
8हे मेरो प्राण, उठ्! हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।
9हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
10किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्च छ; तपाईंको विश्वासयोग्यता आकाशसम्मै पुग्दछ।
11हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath