ईसाई धर्म
पछाडि

भजनसंग्रह 55

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्!

2मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु,

3मेरा शत्रुहरूको आवाजको कारणले, दुष्‍टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्।

4मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ।

5डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ।

6मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ।

7म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्‍नेथिएँ। सेला

8डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।”

9हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।

10तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्‍टता र उपद्रव छन्।

11सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्‍लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।

12यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए, म त्यो सहन सक्नेथिएँ; यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए, म लुक्न सक्नेथिएँ।

13तर त्यो त मजस्तै मानिस, तँ नै होस्, मेरो सहकर्मी, मेरो घनिष्‍ठ साथी,

14जससँग मेरो एक समय मिठो सम्बन्ध थियो; मानिसहरूको भीडमा, हामी एकसाथ हिँड्थ्यौँ, परमेश्‍वरको भवनमा सँगै जान्थ्यौँ।

15मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्‍टताले बास गर्दछ।

16तर मचाहिँ परमेश्‍वरलाई पुकार्छु; र याहवेहले मलाई बचाउनुहुन्छ।

17साँझ, बिहान र दिउँसो दुःख-कष्‍टमा म उहाँलाई पुकार्छु, र उहाँले मेरो सोर सुन्‍नुहुन्छ।

18विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाट उहाँले मलाई विनाचोट बचाउनुहुन्छ, यद्यपि मेरो विरुद्धमा धेरै विरोधीहरू छन्।

19परमेश्‍वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ, जो कहिल्यै पनि बदलिनुहुन्‍न, उहाँले तिनीहरूलाई सुन्‍नुहुनेछ र तिनीहरूलाई नम्र तुल्याउनुहुनेछ; किनकि तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्।

20मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ; उसले आफ्नो प्रतिज्ञा भङ्ग गर्छ।

21उसको मुखको बोली घिउजस्तै चिप्लो छ, तर उसको हृदयमा युद्ध हुन्छ; उसका कुराहरू तेलभन्दा चिप्ला छन्, तर ती नाङ्गा तरवारहरू हुन्।

22आफ्नो बोझ याहवेहमा राख; र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले कहिल्यै धर्मीहरूलाई हार्न दिनुहुनेछैन।

23तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाडलमा खसाल्नुहुनेछ; हत्यारा र छली मानिसहरू तिनीहरूका आयुको अवधिको आधा समयसम्म पनि बाँच्नेछैनन्। तर मचाहिँ तपाईंमा भरोसा राख्दछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath