ईसाई धर्म
पछाडि

भजनसंग्रह 54

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!

2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!

3मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला

4हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ; प्रभुले नै मलाई सहारा दिनुहुन्छ।

5मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!

6म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु; हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।

7तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ; र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath