ईसाई धर्म
पछाडि

भजनसंग्रह 53

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन।

2परमेश्‍वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ?

3तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।

4के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पुकार्दैनन्।

5तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।

6अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्‍वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath