भजनसंग्रह 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे मेरा धार्मिक परमेश्वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
2हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला
3याद राख: याहवेहले आफ्नो निम्ति विश्वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्नुहुन्छ।
4रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
5धार्मिकताका बलिदानहरू चढाओ, र याहवेहमाथि भरोसा राख।
6धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!
7तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
8म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath