भजनसंग्रह 49
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे सबै जाति-जातिहरू हो, यो सुन; हे संसारका बासिन्दाहरू हो, सुन;
2साना र ठूला दुवै, धनी र गरिब सबै ध्यान देओ:
3मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ; मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।
4म हितोपदेशमा ध्यान लगाउनेछु; वीणा बजाएर उखानको अर्थ खोल्नेछु।
5दुष्ट छलीहरूले मलाई घेर्दा, दुःखका दिनहरू आउँदा म किन डराउने,
6तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।
7कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन, न त परमेश्वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।
8जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ; कसैको धनले तिरेर कहिल्यै पुग्दैन।
9कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ, र कहिल्यै कुहुनुपर्दैन ।
10किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्, तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।
11तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ; पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।
12मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्; तिनीहरू नष्ट हुने पशुजस्तै छन्।
13आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ, र तिनीहरूको कुराहरूलाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला
14भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा।
15तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।
16नडराओ, जब अरू कोही धनी हुन्छन्, जब तिनीहरूको घरको गौरव बढ्छ;
17किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्; तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।
18तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि— र तिम्रो उन्नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
19तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्; जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।
20जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने ती मानिसहरू नष्ट हुने पशुजस्तै हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath