ईसाई धर्म
पछाडि

भजनसंग्रह 48

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।

2उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो।

3तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।

4जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे,

5तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे।

6तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।

7तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो।

8सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला

9हे परमेश्‍वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।

10हे परमेश्‍वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।

11तपाईंका सही न्यायहरूका कारण, सियोन पर्वत आनन्दित हुन्छ; यहूदाका सहरहरू हर्षित हुन्छन्।

12सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन,

13यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ।

14किनकि यिनै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्छ; अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath