भजनसंग्रह 47
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर!
2सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा।
3उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।
4उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो, याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला
5परमेश्वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।
6परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ; हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!
7किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ; उहाँको निम्ति प्रशंसाको भजन गाओ!
8परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ; परमेश्वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।
9अब्राहामका परमेश्वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्; परमेश्वर अति उच्च हुनुहुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath