ईसाई धर्म
पछाडि

भजनसंग्रह 46

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।

2यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;

3चाहे समुद्र गर्जोस् र फीँज काढोस्, र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला

4एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर, सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।

5परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।

6राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्। परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।

7सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

8आओ र याहवेहले गर्नुभएका कामहरू हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।

9पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ।

10उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।”

11सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ। सेला

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath