ईसाई धर्म
पछाडि

भजनसंग्रह 45

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब म राजाको निम्ति गीत गाउँदछु; सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ; मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।

2तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्‍ठ हुनुहुन्छ; र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्; किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।

3हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्; प्रताप र वैभव धारण गर्नुहोस्।

4तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्; सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्; तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।

5तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्; राष्ट्रहरू तपाईंको चरणमा झुकून्।

6हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।

7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।

8तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्; हस्तीदन्तले सिँगारिएका राजमहलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।

9तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्; तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।

10हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!

11तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।

12टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्।

13राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ।

14तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्।

15हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।

16तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।

17म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु; यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath