ईसाई धर्म
पछाडि

भजनसंग्रह 42

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु।

2मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ?

3मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्‍वर?”

4मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ।

5हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

6मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु।

7तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्।

8याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।

9परमेश्‍वर मेरा चट्टानलाई म भन्छु, “तपाईंले मलाई किन बिर्सनुभएको? शत्रुको थिचोमिचोले गर्दा म किन शोक गरेर हिँडिरहनुपर्ने?”

10मेरा हाडहरूमा गहिरो चोट पर्छ, जब मेरा वैरीहरूले मलाई गिल्‍ला गर्दै दिनभरि भन्छन्, “खोइ त तेरो परमेश्‍वर?”

11हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath