ईसाई धर्म
पछाडि

भजनसंग्रह 37

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;

2किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।

3याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्‍न सक।

4याहवेहमा आनन्दित होऊ; र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।

5तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प; उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:

6उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।

7याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।

8रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।

9किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।

10थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।

11तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्।

12दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;

13तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।

14दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्।

15तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ, र तिनीहरूका धनुहरू भाँचिनेछन्।

16दुष्‍टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;

17किनकि दुष्‍टहरूको शक्ति तोडिनेछन्, तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।

18निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।

19आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।

20तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।

21दुष्‍टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्; तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।

22याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।

23याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;

24त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन; किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।

25म जवान थिएँ र अहिले वृद्ध भएको छु; तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।

26तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्; तिनीहरूका सन्तान आशिषित हुनेछन्।

27दुष्‍टताबाट फर्क र भलाइ गर; अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।

28किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्ना विश्‍वासयोग्यहरूलाई त्याग्नुहुन्‍न। तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्; तर दुष्‍टका सन्तानहरू नष्‍ट भएर जानेछन्।

29धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्, र त्यसमा सदासर्वदा बास गर्नेछन्।

30धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।

31त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्।

32दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ;

33तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन, न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ।

34याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।

35मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,

36तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।

37निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।

38तर सबै पापीहरू नष्‍ट हुनेछन्; दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।

39धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।

40याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath