ईसाई धर्म
पछाडि

भजनसंग्रह 34

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।

2याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।

3मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।

4मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।

5उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।

6यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो; उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।

7याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।

8याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।

9हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

10जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।

11हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।

12तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने

13आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!

14दुष्‍टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग।

15याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।

16तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।

17धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ; तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।

18याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

19धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;

20याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन।

21खराबीले दुष्‍टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।

22याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath