ईसाई धर्म
पछाडि

भजनसंग्रह 33

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ।

2वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ।

3उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर।

4किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ।

5याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ।

6याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।

7उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ।

8सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्।

9किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो।

10याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ।

11तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

12धन्यको हो त्यो राष्ट्र, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ, ती प्रजा, जसलाई आफ्नो उत्तराधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।

13याहवेहले स्वर्गबाट तल हेर्नुहुन्छ; उहाँले सबै मानव-जातिलाई देख्नुहुन्छ।

14उहाँले आफ्नो वासस्थानबाट तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ।

15उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ।

16कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।

17घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।

18तर याहवेहको नजर उहाँका भय मान्‍नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,

19तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।

20हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ।

21उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।

22हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार, तपाईंको अचुक प्रेम हामीमाथि रहोस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath