ईसाई धर्म
पछाडि

भजनसंग्रह 28

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु।

2मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।

3मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्‍ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्।

4तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।

5किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।

6याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ।

7याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।

8याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ।

9तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath