ईसाई धर्म
पछाडि

भजनसंग्रह 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु।

2हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;

3किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।

4म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।

5कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।

6हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु।

7उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।

8हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।

9पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;

10जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।

11तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।

12मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath