ईसाई धर्म
पछाडि

भजनसंग्रह 25

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मेरा परमेश्‍वर, म मेरो भरोसा तपाईंमा राख्दछु।

2म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्।

3तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्‍वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्।

4हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,

5मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।

6हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्।

7मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।

8याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।

9उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।

10याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति उहाँका सबै मार्गहरू प्रेमिलो र विश्‍वासयोग्य हुन्छन्।

11हे याहवेह, तपाईंको नामको खातिर, मेरो अपराध क्षमा गरिदिनुहोस्, किनकि मेरो यो अपराध अति ठूलो छ।

12तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्‍ने शिक्षा दिनुहुनेछ।

13तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्।

14उहाँको भय मान्‍नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ।

15मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाउनुहुनेछ।

16हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु।

17मेरा हृदयका कष्‍टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्।

18मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्।

19हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्।

20मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु।

21इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्, किनकि मेरो आशा याहवेह तपाईंमा छ।

22हे परमेश्‍वर, इस्राएललाई तिनीहरूका सबै कष्‍टहरूबाट मुक्त गरिदिनुहोस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath