भजनसंग्रह 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;
2किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो।
3याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
4त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।
5तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
6उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला
7हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्।
8यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
9हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्।
10महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath