भजनसंग्रह 22
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?
2हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन।
3तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।
4हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो।
5तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।
6तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको।
7मलाई देख्नेहरू सबैले मेरो गिल्ला गर्दछन्; तिनीहरूको टाउको हल्लाउँदै अपमान गर्दै भन्दछन्:
8“त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।”
9तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
10मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
11मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन।
12धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्।
13गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्।
14म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ।
15मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ।
16कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्।
17मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्।
18तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।
19तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्!
20तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्।
21सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस् ।
22म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।
23तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!
24किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ।
25ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु।
26गरिबहरू खाएर तृप्त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ।
27पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्।
28किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ।
29पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्।
30पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ।
31तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath