ईसाई धर्म
पछाडि

भजनसंग्रह 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।

2तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला

3तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्‍याइदिनुभयो।

4उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।

5तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गरिदिनुभएको छ।

6निश्‍चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;

7किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।

8तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।

9जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।

10तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्‍ट पार्नुहुनेछ।

11तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे, र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।

12किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।

13हे याहवेह, आफ्नो शक्तिमा उच्‍च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath