ईसाई धर्म
पछाडि

भजनसंग्रह 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।

2उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।

3उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला

4उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।

5तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।

6अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।

7कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।

8तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।

9हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath